भारत हिँडेका यात्रुको बाटोमै मृत्यु, हत्याको आरोप

धनगढी-कामको सिलसिलमा भारत गएका कैलालीका एक जनाको मृत्यु भएको छ । यही साउन १५ गते धनगढीबाट पशुपति टुर एण्ड ट्राभल्समार्फत भारत गएका कैलालीको जानकी गाउँपालिकाको दुर्गौलीका पशुपती आचार्यको मृत्यु भएको हो ।No description available. उनी भारत हिँडेको चार दिनपछि १९ गते मृत्युको आफन्तलाई खबर भएको कैलाली प्रहरीले जनाएको छ । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बसबाट हाम फालेको खबर प्राप्त भएको र त्यसबारे अनुसन्धान भैरहेको बताए ।

No description available.मृतकको शव नेपाल ल्याउने कार्य भैरहेको उनले बताए । मृतकका आफन्तले ट्राभल्सवालाले उनको हत्या गरेको आरोप लगाएका छन् । आफन्त र ट्राभल्सका व्यक्तिहरूबीच आज केहीबेर झडप भएको थियो । आफन्तले आचार्यको हत्या भएको भन्दै धनगढी बसपार्कमा प्रदर्शन गरेका छन् ।


२२ साउन २०७८, शुक्रवार ११:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु