जयपृथ्वी राजमार्गमा पहिरो जाँदा यातायात अवरुद्ध

जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पेदेखि बझाङ जोड्ने सडकमा पहिरो जाँदा यातायात सेवा अबरुद्ध भएको छ ।

राजमार्ग अन्तरगत ढोल्यामोड नजिकै झ्याउ लेकमा सोमबार बिहान करिव ८ बजेतिर पहिरो गएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।

सडकको आधाभाग पहिरो संगै भाँसिएपछि सडक सुचारु गर्न अझै केही समय लाग्ने छ । हाल सो सडकमा दुई पाङग्रे सवारी मात्रै सञ्चालन हुँदै आएका छन् ।

तस्बीर : तेज बोहरा


१८ साउन २०७८, सोमवार १४:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु