जसपा यादव पक्षले माग्यो सात मन्त्रालय, ठाकुर पक्ष पनि सरकारमा जाने
(Left) Federal Socialist Forum-Nepal leader Upendra Yadav and TMDP leader Mahantha Thakur
सरकारमा जाने तयारीमा रहेको जसपा अध्यक्ष उपेन्द्र पक्षले सरकारसंग सात मन्त्रालय मागेको छ । यादव पक्षका नेता मृगेन्द्रसिंह यादवले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने आफूहरुको लाइन भएको स्पष्ट पारे ।
यद्यपि यसबारे पार्टीको औपचारिक निर्णय नभएको उनले प्रष्ट पारे । यता जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा जान तयार देखिएको छ ।
मन्त्रालय बाँडफँडको विषयमा सत्तारुढ गठबन्धनसँग छलफल हुन भने बाँकी रहेको ठाकुर पक्षका नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग जसपा महन्थ ठाकुरले बुधबार भेट गरेका थिए । भेटमा प्रधानमन्त्री देउवाले ठाकुरलाई सरकारमा आउन प्रस्ताव गरेको ठाकुरनिकट नेता शरत्सिंह भण्डारीले बताए । नागरिक
७ साउन २०७८, बिहीवार ०७:२८ बजे प्रकाशित













