punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालिकामाथि यौनहिंसा आरोपमा पक्राउ परेका लामा धरौटीमा रिहा

Chaupati
safha napa

धनगढी :  कैलालीको गोदावरीमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका गुम्बाका सञ्चालक धरौटीमा रिहा भएका छन्। यौन हिंसाको आरोपमा पक्राउ परेका गोदावरी नगरपालिकाको वनखेतमा रहेको अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका सञ्चालक गणेश मोक्तान लामा मंगलबार ९० हजार धरौटी बुझाएर रिहा भएका हुन्।

जिल्ला अदालतमा भएको बहसपछि लामा धरौटीमा छुटेको कैलाली प्रहरीले जनाएको छ।लामाविरुद्ध तीन बालिकाका तर्फबाट परेको छुट्टाछुट्टै उजुरीमा अदालतले ३०÷३० हजार रुपैयाँ धरौटी माग गरेको थियो। उक्त रकम बुझाएर लामा मंगलबार जिल्ला प्रहरी कार्यालयको हिरासतबाट थुनामुक्त भएका हुन् । लामा गत जेठ १३ गते उनी पक्राउ परेका थिए।


९ असार २०७८, बुधवार १५:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु