गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।
प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।
उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।
२६ वैशाख २०७८, आइतवार १७:१८ बजे प्रकाशित












