कोरोनाबाट बचाउँछ भन्दै विधायकले पिए गौमूत्र
एजेन्सी
कोरोना भाइरस संक्रमणबाट बचाउँछ भन्दै भारतको उत्तर प्रदेश बिधायकले गौमूत्र पिएका छन् । विश्वभर आतंक फैलिरहेको कोरोना भाइरसको अहिलेसम्म औषधि पत्ता लाग्न सकेको छैन ।
उत्तर प्रदेशको बैरिया विधान सभामा भारतीय जनता पार्टी (भाजपा) विधायक सुरेन्द्र सिंहको एक भिडियो भाइरल भइरहेको छ । जसमा उनले कोरोनाबाट बचाउने भन्दै गौमूत्र पिइरहेका छन् ।
उनले अरुलाई पनि गौमूत्र पिउन र कोरोनाबाट बच्न अपिल गरेका छन् । उनले बिहान खाली पेटमा एक गिलास पानीमा २–३ बिर्को गौमूत्र मिसाएर पिउन सल्लाह पनि दिएका छन् । ‘गौमूत्र पिएको आधा घण्टापछि मात्रै अरु खाजा–खाना खानुपर्छ’ उनले भनेका छन् ।
२५ वैशाख २०७८, शनिवार १०:३५ बजे प्रकाशित











