देउवाको गृहजिल्लामा प्रेस चौतारी बिजयी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा कांग्रेस निकट प्रेस युनियनले नेपाल पत्रकार महासंघको निर्वाचनमा पराजित भएको छ । सभापति देउवाको गृह जिल्लामा प्रधानमन्त्री केपीशर्मा ओली अध्यक्ष रहेको एमाले निकट प्रेस चौतारीका हिक्मत सिंह महासंघको डडेल्धुरा शाखामा अध्यक्षमा विजयी भएका हुन ।
युनियनका बरुण पनेरुलाई हराउँदै सिंह बिजयी भएका हुन् । उपाध्यक्षमा गणेश रोका र निर्मला भट्ट सचिवमा पुष्कर भण्डारी , कोषाध्यक्षमा ललित बोहरा , सह सचिवमा भूपेन्द्र बिष्ट र प्रकाश पार्की निर्वाचित भएका हुन् ।
सदस्यहरूमा क्रमशः टिकाराम साउद, हर्ष चन्द, आशिष मल्ल, भीम खत्री दीपक राज भट्ट, ममता भट्ट भक्त गाहामगर, विमल जैरु र भावना पौडेल विजयी भए ।
२६ चैत २०७७, बिहीवार १४:१७ बजे प्रकाशित












