जीप दुर्घटना हुँदा बैतडीमा ३ जना घाइते

जीप दुर्घटना हुँदा बैतडीमा ३ जना घाईते भएका छन । जिल्लको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडा नजिकै जीप दुर्घटना हुँदा ३ जना घाईते भएका हुन ।

अत्तरीयाबाट दार्चुलाका लागि छुटेको भे १ च ३५११ नम्बरको जीप दुर्घटना हुँदा दार्चुलाको अपिहिमाल ५ का जनकसिंह धामी मद्यम घाईते भएका छन भने अन्य २ जनाको अवस्था सामान्य रहेको खोचलेक प्रहरीचौकीका प्रमुख प्रहरी नायव निरीक्षक मोतिसिंह बमले जानकारी गराए ।

जीपमा ४ जना सवार रहेकोमा जीप चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।


१७ चैत २०७७, मंगलवार १५:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु