बाबुबाट बलात्कृत १४ वर्षीया किशोरीले छोरा जन्माइन्

गुल्मीमा आफ्नै बाबुबाट बलात्कृत भई गर्भधारण गरेकी १४ वर्षीया किशोरीले छोरा जन्माएकी छन् ।

बाग्लुङको निसीखोला गाउँपालिका–६ घर भई विगत १५ वर्षदेखि गुल्मीको सदरमुकाम तम्घासमा धामी काम गर्दै आएका अन्दाजी ६५ वर्षका पुरुषले आफ्नै छोरीलाई पटक(पटक बलात्कार गर्दै आएको खुलेको छ ।

पीडित बालिकाकै आमाले दिएको जाहेरी दिएपछि प्रहरीले बलात्कारमा संलग्नलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।

आइतबार पीडित किशोरीले स्थानीय अस्पतालमा छोरा जन्माएकी हुन् । शिशु र आमाको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।

पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग संकलनका लागि आह्वान गरिएको छ ।


१७ चैत २०७७, मंगलवार १३:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु