बझाङमा बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ
बझाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना शिक्षक प्रहरीले प्रकाउ गरेकाे छ । जिल्लाको जयपृथ्वीनगरपालिका वडा नं ६ नौरामा रहेको भबानी माद्यामिक विद्यालयमा कार्यरत शिक्षक जगत सिहले जबरजस्ती करणी गर्न खोजेको पिडित बालीकाका दिएको वयानको आधारमा पक्राउ गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी रुपक खड्काका अनुसार चैत्र १४ गते साँझ पानी भर्न पधेरामा गएकोे वेला जबरजस्ती करणी गर्न खोजेको र पीडित बालिकाले दिएको वयानको आधारमा पक्राउ गरिएको छ । जबरजस्ती करणी गर्न खोज्ने शिक्षकलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको भन्दै खड्काले कानुनी कारवाही गरीने उनले जानकारी गराए ।
१६ चैत २०७७, सोमवार १५:४० बजे प्रकाशित












