होलीमा धनगढीको सुरक्षा व्यवस्था कडा

रङ्ग र उल्लासको पर्व होलीमा धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ । धनगढीका बिभिन्न पाँच ठाँउबाट सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी गराए ।

धनगढीको चटकपुर,मिलनचोक,कैलाली पुल,राष्ट्र बैंक चोक र क्यामसरोडबाट चेकजाँचमा कडाई गरेको उनले बताए । होलीमा जथाभावी रङ्ग छ्याप्ने,हिलो छ्याप्ने र मादकपदार्थ सेवन गरि सवारी चलाउनेहरुलाई प्रहरीले कारबाही गर्ने जनाएको छ । कैलालीमा होलीका लागी हजारौ प्रहरी परिचालन गरिएको कैलाली प्रहरीले जनाएको छ ।

यस अघि जिल्ला प्रशासन कैलाली होली खेल्न तथा भिडभाड गर्न ले रोक लगाएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कैलालीमा भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको हो।


१५ चैत २०७७, आइतवार १३:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु