प्रम ओलीले बोलाए संसदीय दलको बैठक
प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार शुक्रबार दिउँसो ३ बजेलाई संसदीय दलको बैठक बोलाइएको छ । भोलि दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन ।
एमालेभित्रको विवाद उत्कर्षतिर अभिमुख हुँदा ओलीले संसदीय दलको बैठक लगातार बोलाइरहेका छन् । ओलीले दलको विधान संशोधन गरेर अधिकारको केन्द्रीकरण गरिसकेका छन् । त्यसलाई अनुमोदन गर्ने र पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा लागेका समानुपातिक सांसदहरूलाई कारबाहीको प्रक्रिया अघि बढाउन दलको बैठक बोलाएको उनीपक्षीय नेताहरू जिकिर गर्छन् ।
१२ चैत २०७७, बिहीवार १५:०३ बजे प्रकाशित












