लम्की सडक दुर्घटना : प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युककलाई काठमाडौं लगियो
बसको ठक्करबाट युवतीको मृत्यु भएपछि अवस्थालाई नियन्त्रणमा लिन खोज्द प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकलाई काठमाडौं लगिएको छ ।
आन्दोलनरत पक्षले प्रहरी कार्यालय घेराउ गर्दै प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर घाइते भएकामध्ये ३० वर्षीय कृष्ण प्याकुरेललाई कोहलपुर मेडिकल कलेजबाट नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो ।
घाइते भएपछि उनीसहित दुई जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको थियो । कृष्णको पेटमा गोली लागेको छ । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको कैलालीको हो ।
अर्का घाइते १८ वर्षीय दिपक सन्ज्यालको कोहलपुरमै उपचार भइरहेको छ । दिपकको खुट्टामा गोली लागेको बताइएको छ।
मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो।
सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरिरहेका छन्।
ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका–१ का ३१ वर्षीय पुष्प कडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
१० चैत २०७७, मंगलवार १६:५२ बजे प्रकाशित












