फोर्स गाडी र अटो रिक्सा ठोक्किए

कैलालीमा फोर्स गाडी र अटो रिक्सा ठोक्किएर दुर्घटना भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६ हरैया चोक नजिकै पूर्वबाट आइरहेको भे १ ख २७९८ नम्बरको फोर्स गाडी र से १ ह २११६ नम्बरको अटो रिक्सा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा अटोमा सवार बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १० की ३० वर्षीया जुनु साउँद घाइते भएकी प्रदेश प्रहरी कार्यालय अत्तरियाको जनाएको छ। घुडा र टाउकोमा चोट लागेकी साउँदको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ।

फोर्स गाडी र अटो रिक्सासहित दुवैका चाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


१६ माघ २०७७, शुक्रवार १२:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु