कञ्चनपुरमा लागु औषधसहित एकजना पक्राउ

कञ्चनपुरमा लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ७ बगुन बस्ने २४ वर्षीय सन्तोश पन्तलाई लागु औषध खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार पन्तको साथबाट २० मिलीग्राम खैरो हिरोइन र १ ग्राम चरेश बरामद गरिएको छ।

अदालतबाट म्याद थप गरेर शाहीमाथि अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।


१३ माघ २०७७, मंगलवार १२:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु