सुदूरपश्चिमका २ डीएसपीको एसपीमा बढुवा

सुदूरपश्चिम प्रदेशमा कार्यरत २ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएको छ ।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकपछि जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी योगेन्द्रसिंह थापा, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी पदमबहादुर बिष्टको एसपीमा बढुवा सिफारिस गरिएको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव निरज बहादुर शाहीले सुदूरपश्चिमका २ जना सहित देशभर १६ जना डीएसपीको एसपीमा बढुवा सिफारिस गरिएको जानकारी गराए ।


१३ माघ २०७७, मंगलवार १२:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु