अमेरिकी चुनाव : मतपरिणाम आउन सरू, ‘जसले फ्लोरिडा जित्छ, उही राष्ट्रपति’
अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउन थालेको छ । प्रारम्भिक मत परिणाममा अहिलेसम्म डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा केही अगाडि देखिएका छन् ।
मत परिणाम आइरहँदा विश्वभरको नजर अब त्यहाँको फ्लोरिडा राज्यमा केन्द्रित भएको छ ।
सिबिएसले डोनाल्ड ट्रम्पका एक सल्लाहकारसँग फ्लोरिडाबारे गरिएको कुराकानीमा उनले भनेका छन्, ‘फ्लोरिडामा बाइडेनले जिते भने उनै राष्ट्रपति हुन्छन्, ट्रम्पले जिते भने उनै ।’
अहिलेसम्म फ्लोरिडामा ९३ प्रतिशत मत गनिएको छ । यसमध्ये ५१ प्रतिशत ट्रम्पको पक्षमा छ भने बाइडेनको पक्षमा ४९ प्रतिशत ।
१९ कात्तिक २०७७, बुधवार ०८:२५ बजे प्रकाशित













