भारतीय जंगलमा नेपाली महिलाको शव फेला

कञ्चनपुरको पुनर्वास नगरपालिकासँग जोडिएको भारतको दुधुवा राष्ट्रिय निकुञ्जको जंगलमा एक नेपाली महिलाको शव फेला परेको छ ।

बेवारिसे अवस्थामा शव फेला परेको र मृतकका साथबाट नरूदेवी कठायत नामको नागरिकता फेला परेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाशसिंह बिष्टले जानकारी दिए । फेला परेको नागरिकता अनुसारको ठेगाना र नामको कुनै ब्यक्ति फेला नपरेको पुनर्वास नगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष श्रवन रानाले बताए।

शवसंगै फेला परेको नागरिकता अनुसार मृतकको उमेर ५५ वर्ष रहेको र श्रीमानको नाम राजेन्द्र कठायत उल्लेख रहेको प्रहरीले जनाएको छ ।


१८ कात्तिक २०७७, मंगलवार १४:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु