सुनको मूल्य आज फेरि बढ्यो, कति पुग्यो ?
नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार चार सय पुगेको छ । सुन हिजो प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय १० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय पाँच रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
१८ कात्तिक २०७७, मंगलवार ११:४३ बजे प्रकाशित












