punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वन पैदावार मुद्दाका दुई जना फरार प्रतिवादीहरु पक्राउ

Chaupati
safha napa

कञ्चनपुरको बेदकोटबाट प्रहरीले दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ४ बिजयनगर बगुन बस्ने ३४ वर्षीय करन गाहा मगर र सोही ठाउँ बस्ने ३६ वर्षीय गणेश थापा मगरलाई वेदकोट नगरपालिका वडा ४ देजीबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरु बिना ईजाजत वन पैदावार हानी नोक्सानी सम्बन्धी मुद्धामा २०७५ कार्तिक १८ गते देखि फरार रहेका थिए । उनीहरुलाई कञ्चनपुर जिल्ला अदालतबाट २०७६ जेठ १९ गतेको फैसलाले जनही दुईदुई महिना कैद र १० हजार ३ सय ३५ रुपैयाँ सजाय तोकेको थियो ।

उनीहरु दुवै जनालाई आवश्यक कार्वाहीको लागि कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।


१४ कात्तिक २०७७, शुक्रवार १९:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु