कञ्चनपुरको वडा प्रहरी कार्यालय भित्रै कुटाकुट भएपछि
धनगढी। कञ्चनपुरस्थित महेन्द्रनगरको वडा प्रहरी कार्यालयभित्रै कुटाकुट भएको घटना सार्वजनिक भएको छ। कार्यालयभित्रै कुटाकुट भएको घटनामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
यसबारे केहीबेरमै जिल्ला प्रहरी कार्यालयले विस्तृत विवरण सार्वजनिक गर्ने तयारी छ। सो घटना हुँदा कार्यालय प्रमुख इन्स्पेक्टर दर्शन खड्का भने कार्यालयमा उपस्थित नरहेको बताइएको छ।
३० कात्तिक २०८३, सोमवार ११:११ बजे प्रकाशित














