बजेट लेखन थालिँदै

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ ।
जेठ १५ मा संसदमा बजेट ल्याउनुपर्ने सरकारलाई संवैधानिक दायित्व छ । सोहीअनुसार अर्थ मन्त्रालयले बजेट मार्गदशन तयार पारेको हो । बजेट मार्गदशन तयार पारेर सबै मन्त्रालयलाई पठाइसकिएको अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले बताए । उनका अनुसार आगामी आर्थिक वर्षका लागि तयार पारिएको बजेट मार्गदशनमा खासगरी बजेटले लिने प्राथमिकता समेटिएको छ ।
आगामी वर्षको बजेट खासगरी आर्थिक अनुशासन र खर्चमा मितव्ययीतालाई उच्च प्राथमिकता दिर्दै जेठ १५ मै ल्याउनका लागि लेखनको तयारी थालिएको

उनकाअनुसार अनुशासित र खर्च मितव्ययितालाई बजेटले जोड दिनका लागि सम्बन्धित सबै मन्त्रालयहरूलाई सतर्क र संवेदनशील हुन अर्थ मन्त्रालयले भनिसकेको छ । मन्त्रालयहरूले आयोजनाहरूमा बजेट प्रश्ताव गर्दा तयारी पूरा भएका आयोजना, तत्काल ठेक्का पट्टामा जान सकिने आयोजनाहरू र प्रोजेक्ट बैंकहरूमा सूचीकृत भइसकेका आयोजनाहरूलाई मात्र बजेट प्रस्ताव गर्नुपर्ने गरी मार्गदर्शन मन्त्रालयहरूलाई पठाइसकिएको सहसचिव पाण्डेयले बताए ।

मन्त्रालयलकाअनुसार योजना आयोगका उपाध्यक्ष नेतृत्वको स्रोत अनुमान समितिले बजेट सिलिङ पठाइसकेको छ । स्रोत अनुमान समितिले विभिन्न विश्लेषण गरी स्रोत अनुमान प्रतिवेदन पेश गरिसकेको र सोहीअनुसार बजेट लेखनको काम अघि बढ्न लागेको हो ।
खासगरी राजश्व र वैदेशिक सहयोगको आकलनका आधारमा स्रोत निर्धारण गरिने गरिएको र मन्त्रालयहरूलाई सोहीअनुसार बजेट सिलिङ पठाइसकिएको सहसचिव पाण्डेयले बताए ।रातोपाटी


१८ चैत २०८२, बुधवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु