punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

किसानलाई अनुदानमा उन्नत जातको धानको बीउ

Chaupati
safha napa

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ।

धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले अनुदानमा बीउ वितरण कार्यक्रम अगाडि बढाएको नगरपालिकाको कृषि विकास शाखा प्रमुख करनसिंह बुढाऐरले जानकारी दिए। चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार सावा मन्सुली, रामधान, राधा–४, हर्दिनाथ–३, हर्दिनाथ–६, सर्जु–५२, सुक्खा–३ र ६ धानको बीउ खरिद गरी समूह, सहकारी र कृषि फर्ममार्फत किसानलाई उपलब्ध गराउने तयारी गरिएको उनले बताए।

“माटो सुहाउँदो धानको बीउको छनोट गरी किसानलाई उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छौँ, करिब १७ मेट्रिकटन धानको बीउ वितरण गर्दैछौँ। यसबाट धानको उत्पाकत्वमा वृद्धि हुने विश्वास छ”, शाखा प्रमुख बुढाऐरले भने। प्रतिकिलो ७८ का दरले बीउ खरिद गरी अनुदानमा किसानलाई वितरण गरिने नगरपालिकाले जनाएको छ।


१८ चैत २०८२, बुधवार ०८:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु