ओली र लेखकलाई ५ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे ।

यसअघि ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न सरकारले १० दिनकाे समय मागेकाे थियाे ।


१५ चैत २०८२, आइतवार १७:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु