सुन-चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं।नेपाली बजारमा आज(बुधवार) सुनको मूल्य घटेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार,आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ कायम छ । मंगलवार प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले घटेको छ । चाँदी तोलामा पाँच हजार १५० रुपैयाँ तोकिएको छ ।हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।


४ चैत २०८२, बुधवार ११:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु