punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चैत सुरु भएसँगै सुदूरपश्चिममा भिटौला पर्व सुरु

safha napa

धनगढी। चैत महिना सुरु भएसँगै सुदूरपश्चिमभरि भिटौला पर्व सुरु भएको छ। भाइबहिनीको प्रेम झल्काउने यो पर्वमा बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षका दाजुभाइले भेट्ने चलन छ।

बैतडी, दार्चुला, बझाङ, कैलाली र कञ्चनपुरका साथै सीमावर्ती भारतीय गाउँहरूमा पनि यो परम्परा प्रचलित छ। चैत महिनामा खाद्यान्न अभाव हुने भएकाले माइतीले छोरीबहिनीको घरमा खानेकुरा र कोसेली लिएर जाने चलन रहिआएको छ।

भिटौलोमा सेलरोटी, खीर, मालपुवा, गुड, फलफूल तथा लुगाकपडा लगेर दिने गरिन्छ। माइतीबाट आएको कोसेली छिमेकमा बाँड्ने चलन पनि छ।

भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर पुगेर भेट्ने परम्पराले भाइबहिनीको सम्बन्ध अझै नजिक बनाउने विश्वास गरिन्छ।


१ चैत २०८२, आइतवार १२:०५ बजे प्रकाशित

Dodhara
safha napa

प्रतिक्रिया दिनुहोस्

Dodhara

सम्बन्धित शीर्षकहरु