कञ्चनपुरमा छ प्रतिशत मत बदर

कञ्चनपुर। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा ६.८५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।

क्षेत्र नम्बर १ मा ६० हजार ७८५ मत खसेकोमा तीन हजार ७३४ मत बदर भएको छ। यो क्षेत्रमा कूल एक लाख एक हजार ७२४ मतदाता रहेका थिए। निर्वाचन क्षेत्र नम्बर २ मा ६५ हजार ३४७ मत खसेकोमा चार हजार २३० मत बदर भएका छन्। यहाँ एक लाख नौ हजार ५७४ मतदाता रहेका थिए।

त्यसैगरी क्षेत्र नम्बर ३ मा ५८ हजार २०९ मत खसेकोमा चार हजार ६६३ मत बदर भएका छन्। निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले अधिकांश मतमा दोहोरो छाप लागेको र कतिपय मतपत्रमा एउटा औँठा छापसमेत पाइएको बताए।

गत निर्वाचनमा छ प्रतिशत मत भएको निर्वाचन आयोगले जनाएको छ । कञ्चनपुरमा तीन लाख १७ हजार ६२३ मतदाता रहेको कञ्चनपुरमा तीनवटै निर्वाचन क्षेत्रमा ५८.६७ प्रतिशत मतदान भएको थियो ।रासस


२५ फागुन २०८२, सोमवार १६:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु