इरानले खाडी देशहरूमा फेरि गर्‍यो आक्रमण

काठमाडौं । इरानले फेरि खाडी देशहरूमा आक्रमण गरेको छ । बीबीसीकाअनुसार बहराइनमा ड्रोन आक्रमणमा धेरै मानिस घाइते भएका छन् ।
अमेरिका र इजरायलबीच इरानसँगको युद्ध सुरु भएदेखि कुनै पनि खाडी देशमा एकैदिनमा भएको यो सबैभन्दा ठूलो मानवीय क्षति हो ।
बहराइनको स्वास्थ्य मन्त्रालयले ड्रोन हमलामा ३२ जना सर्वसाधारण घाइते भएको बताएको छ, जसमा चार बालबालिका पनि छन् ।
हालसम्म खाडी क्षेत्रमा कम्तीमा १० जनाको मृत्यु भइसकेको छ, जसमध्ये धेरैजसो सुरक्षाकर्मी वा विदेशी कामदार भएको अनुमान छ ।
कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई) र साउदी अरेबियाले पनि इरानबाट आक्रमण भएको जनाएका छन् । साउदीले ठूलो तेल क्षेत्रतर्फ गइरहेका ड्रोनहरू ध्वस्त पारेको बताएको छ ।
यसअघि इरानले अमेरिकी दूतावासलाई ड्रोन आक्रमणमा निशाना बनाएपछि अमेरिकी विदेश मन्त्रालयले अत्यावश्यक सेवामा संलग्नबाहेक सबै कर्मचारीहरूलाई देश छोड्न आदेश दिएको थियो ।

इरानी अधिकारीहरूले चेतावनी दिएका छन्, “यदि इजरायल र अमेरिकाले आफ्ना अड्डाहरूमा आक्रमण गर्न जारी राखे भने क्षेत्रीय पूर्वाधारलाई लक्षित गर्दै आक्रमणको दायरा विस्तार गरिने छ ।”


२५ फागुन २०८२, सोमवार १४:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु