punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालको १० तले भवनको योजना अलपत्र, ३० करोड बजेट फिर्ता

Chaupati
safha napa

धनगढी। सेती प्रादेशिक अस्पतालमा स्थान अभावका कारण १० तालको भवन निर्माणको योजना अलपत्र परेको छ। सेती प्रादेशिक अस्पतालको प्रसूति तथा बाल स्वास्थ्यको पुरानो भवन रहेको क्षेत्रमा नयाँ आधुनिक १० तलाको नयाँ भवन निर्माणको योजना अलपत्र परेको हो।

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईको भवन निर्माणको काम पूरा नभएकाले सेतीमा नयाँ भवनको काम रोकिएको छ। सेती अस्पतालमा स्थान अभावका कारण गत आर्थिक वर्षमा संघीय र प्रदेश सरकारको ३० करोड बजेट फिर्ता गएको छ। सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख चेतराज जोशीले गत आर्थिक वर्षमा १५ करोड संघीय अनुदान र १५ करोड प्रदेश सरकारको बजेट फिर्ता भएको बताए। उनले भने, ‘हामीले डिपीआर बनाएका थियौ। १० तलाको भवन हो। दुइ तालको पार्किङ हो। १५ करोड समपुरक अनुदान थियो। १५ करोड हामीले पनि राखेका थियौ। तर, सहरी विकासको भवनको काम पूरा नभएकाले स्थान अभाव भयो। हामीले समयमा काम गर्न सकेनौ।’

कैलालीको सेती प्रादेशिक अस्पतालमा १० तलाको भवन निर्माणको योजना अलपत्र परेको हो। नेपाल सरकारको १५ करोड अनुदानमा प्रदेश सरकारले निर्माण गर्न विस्तृत योजना प्रतिवेदन (डिपीआर) स्वीकृत गरेको भवन निर्माणको योजना रोकिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि भवन निर्माणका लागि गत आर्थिक वर्षमा १५ करोड बजेट विनियोजन गरेको थियो। तर, स्थान अभावको कारण देखाउदै प्रदेशको सामाजिक विकास मन्त्रालयले ठेक्का सम्झौता गरेन।

सेती अस्पतालको पुरानो भवनमा रहेका सेवा सार्ने ठाउँ नभएकाले ठेक्का सम्झौता रोकिएको हो। अस्पतालको टिनको पुरानो छानो रहेको भवनका प्रसूति, खोप, क्यान्सर, चमेनागृह, चिकित्सक संघको भवन, सरसफाइ शाखा, प्रसूतिको शल्यक्रिया, १० शय्याको सघन उपचार कक्ष (आइसीयू), कुष्ठरोग, फिजियोथेरापी, फोहोरका संरचनाहरू, शव गृहलगायतका सेवाहरू सार्न ठाउँ नभएकाले भवन निर्माणको योजना रोकिएको छ। अस्पतालको प्रशासनिक भवनको पश्चिम तिरको सहरीले निर्माण थालेको भवनको काम पूरा नभएकाले समस्या रहेको सेती अस्पतालका अस्पताल व्यवस्थापन अधिकृत देव प्रकाश जोशीले बताए। उनले भने, ‘सुदूरपश्चिमका बिरामीहरू यही आउने हो। सहरी विकासको भवनको काम नभएकाले नयाँ भवनको काम गर्न सकेनौ। पुरानो भवनको सेवाहरू सहरीले निर्माण गरेको भवनमा सार्ने र प्रसूति सेवा रहेको पुरानो भवन भत्काउने हो। त्यो ठाउँमा नयाँ भवन निर्माण गर्ने योजना छ।’

अस्पतालको पूर्वी क्षेत्रमा रहेका पुराना संरचनाका सेवाहरू सार्ने र दुई तलाको पार्किङसहितको १० तलाको नयाँ भवन निर्माण गर्ने योजना अलपत्र परेको हो। सहरी विकास मार्फत निर्माण थालिएको भवनको कामसमेत पूरा नभएकाले प्रदेश सरकारको भवन निर्माणको योजना अलपत्र परेको हो। कोरोना अस्पताल र सहरी विकासले निर्माण थालेको भवनमा सेवा सार्ने र नयाँ भवन निर्माणको काम सुरु गर्ने योजना अलपत्र परेको हो। निर्वाचनको समयमा मात्र सेती अस्पताल सुधारका मुद्दा उठ्ने गरेका छन्। बाँकी समयमा सेती अस्पतालको भौतिक सुधारमा बेवास्ता गर्ने गरिएको छ।

जिल्ला अस्पतालका लागि विस १९९७ मा निर्माण गरिएका टिनले छाएका संरचनाका सेवाहरू हटाउन नसक्दा १० तलाको भवन निर्माणको काम रोकिएको हो। कैलाली जिल्ला अस्पताललाई २०४० सालमा ५० शय्याको सेती अञ्चल अस्पतालमा स्तरोन्नति गरिएको थियो। अस्पताल व्यवस्थापन समितिले ७५ शय्या थप गर्दै सेती प्रादेशिक अस्पताललाई एक सय २५ शय्यामा सञ्चालन गरिएको छ


१७ माघ २०८२, शनिवार १५:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु