punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा बालेनको चुनावी कार्यक्रममा सुनको सिक्री चोरी गर्ने एक जना पक्राउ

Chaupati
safha napa

अछाम। अछाममा बालेन शाहको चुनावी कार्यक्रममा सुनको सिक्री चोरी गर्ने एक जना पक्राउ परेका छन्।

अछामको साँफेबगर नगरपालिका–४ छिपेखोला स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय नजिक सोही पार्टीका बरिष्ठ नेता बालेन शाहको चुनावी भेटघाट कार्यक्रममा भिडभाडको मौका छोपी चोरी गर्ने पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका–५ बस्ने ३१ वर्षीय उमेश राय पक्राउ परेका हुन्।

रायले अछामको साँफेबगर नगरपालिका–५ नौंठाना बस्ने ४० वर्षकी सत्यदेवी कुँवरको घाटीमा लगाएको १२ दशमलव १७ ग्रामको सुनको सिक्रि चोरी गर्ने क्रममा उमेशलाई इलाका प्रहरी कार्यालय साँफेवगर, अछामबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको जनाएको छ। सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।


१६ माघ २०८२, शुक्रवार ०८:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु