punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि हुने मतदान ४ बजेपछि सुरु हुने

Chaupati
safha napa

काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान प्रक्रिया अपरान्ह ४ बजेपछि मात्रै सुरु हुने भएको छ। यसअघि दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने तयारी रहे पनि प्राविधिक कारणले ढिलाइ भएको हो।अन्तिम उम्मेदवारको नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन टोली अहिले चुनावको प्राविधिक तयारीमा जुटेको छ। डिजिटल तयारी पूरा भएपछि  मतदान सुरु हुने बताइएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको सबै उम्मेदवारको नाम डिजिटल प्रणालीमा कोडिङ (Digitally Coding) गर्नुपर्ने भएकाले अपरान्ह ४ बजेसम्म समय लाग्ने अनुमान गरिएको छ। महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन (EVM) मार्फत मतदान प्रक्रिया सञ्चालन गरिनेछ।


१ पुस २०८२, मंगलवार ०९:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु