कांग्रेसले गर्यो कैलाली क्षेत्र नम्बर १ बाट डा. रावलसहित ५ जनाको नाम सिफारिस
कैलाली। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर १ बाट सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री डा। रणबहादुर रावलसहित ५ जनाको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले रावलसँगै रामजनम चौधरी, ईश्वरी न्यौपाने, जनकराज चौधरी र बुद्धिसागर चौधरीलाई जिल्लासमक्ष सिफारिस गरेको हो ।
कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार प्रतिनिधिसभाका लागि समनुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई परिपत्र गरेको थियो ।
२४ मंसिर २०८२, बुधवार १३:०७ बजे प्रकाशित













