कैलालीको गौरीगंगामा बस दुर्घटना हुँदा ७ जना घाइते

धनगढी । कैलालीको गौरीगंगामा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । सोमबार बिहान पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बस गौरीगंगा नगरपालिका – ८ वडैपुरमा सुप प्र ०१ ००१ख २६३१ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन ।

घाइतेको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको थियो ।


१ मंसिर २०८२, सोमवार १४:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु