उपचारका लागि सिंगापुर गएका कांग्रेस सभापति देउवा आज स्वदेश फर्किँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा दम्पती आज स्वदेश फर्किँदै छन् ।उपचारको लागि सिंगापुर गएका देउवा आज बेलुका स्वदेश फर्कन लागेका हुन् ।

उनीसँगै पत्नी आरजु राणा देउवा पनि स्वदेश फर्कन लागेको प्रवक्ता प्रकाशशरण महतले बताए । उनले भने,’सभापति आज बेलुकासम्म नेपाल आइसक्नुहुन्छ ।’
असोज २८ गते केन्द्रीय समिति बैठकलाई सम्बोधन गरेर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर उपचारको लागि गएका थिए।


२८ कात्तिक २०८२, शुक्रवार १३:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु