बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
काठमाडौं। बलिउडका चर्चित अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।
सोमबार उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । अवस्थामा सुधार नभएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
बुबाको अवस्था गम्भीर बनेपछि अभिनेता बबी देओल राति अस्पताल पुगेका थिए । देओल परिवारका अनुसार धर्मेन्द्रकी छोरीलाई पहिले नै विदेशबाट मुम्बई बोलाइएको थियो ।
गएराति बलिउड अभिनेता तथा धर्मेन्द्रका छोरा सनी देओल अस्पतालमा निकै भावुक मुद्रामा देखिएका थिए । बबी पनि नयाँ फिल्म अल्फाको सुटिङ छाडेर मुम्बई फर्किएर बाबुलाई भेट्न अस्पताल पुगेका थिए ।
सोमबार राति नै शाहरुख खान, सलमान खानसहित बलिउडका कलाकारहरू अस्पताल पुगेका थिए ।
२५ कात्तिक २०८२, मंगलवार १०:०० बजे प्रकाशित
















