टीकापुरबाट जेसीबीको अवैध पाटपुर्जा बरामद

धनगढी। कैललीको टीकापुरबाट जेसीबीको अवैध पाटपुर्जा बरामद गरिएको छ।

टीकापुर नगरपालिका १ साथी अस्पताल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख २५ हजारको जेसीबीको पाटपुर्जा लगायतका सामान इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 


२४ कात्तिक २०८२, सोमवार १२:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु