धनगढीबाट लागू औषधसहित डडेल्धुरा र बैतडीका युवक पक्राउ

धनगढी। कैलालीको धनगढीबाट लागू औषध सहित डडेल्धुरा र बैतडीका युवक पक्राउ परेका छन । बुधबार राती धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहाबाट डडेल्धुराको आलीताल गाउँपालिका – ३ का २४ वर्षीय कैलाश धामी र बैतडीको सुर्नया गाउँपालिका – ७ का २३ वर्षीय अबिनाश कुवँर पक्राउ परेका हुन ।

उनीहरुको साथबाट २३० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

 


१३ कात्तिक २०८२, बिहीवार १३:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु