गृहमन्त्री लेखकले दिए राजिनामा
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको बताइएको छ ।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म २० जनाले ज्यान गुमाइसकेका छन् ।
सयौ घाइतेहरुको विभिन्न अस्पतालमा उपचार हुँदैछ ।.
२३ भदौ २०८२, सोमवार २१:०६ बजे प्रकाशित












