कर्फ्यू : माइतीघर-बानेश्वर-तीनकुने-शंखमुल क्षेत्रमा राति १० बजेसम्मका लागि

काठमाडौँ। जिल्ला प्रशासन कार्यालयले बानेश्वर क्षेत्रमा कर्फ्यू जारी गरेको छ।

भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन-जी पुस्ताको प्रदर्शनका क्रममा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।

उनका अनुसार माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि* कर्फ्यू जारी गरिएको हो।

 


२३ भदौ २०८२, सोमवार १२:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु