सुदूरपश्चिम सरकारले अट्वारी बिदा संशोधन, मंसिर १–२ गते लगानी सम्मेलन गर्ने
कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले यस वर्षको अट्वारी पर्वको सार्वजनिक बिदा संशोधन गरेको छ। यसअघि साउन २५ गते आइतबारका लागि तोकिएको बिदा अब भदौ ८ गते आइतबारका दिन बिदा हुनेछ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। अब प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा अट्वारी पर्वको सार्वजनिक बिदा भदौ ८ गते आइतबार हुनेछ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले मंसिर १ र २ गते लगानी तथा विकास सम्मेलन गर्ने निर्णय पनि गरेको छ। कार्यकारी समितिको प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले सम्मेलन मंसिरको पहिलो साता गर्ने निर्णय लिएको हो। सम्मेलनको उद्देश्य प्रदेशमा लगानी प्रवर्द्धन गर्नु र दीगो विकासका अवसरहरू पहिचान गर्नु रहेको बताइएको छ।
१९ साउन २०८२, सोमवार १९:३६ बजे प्रकाशित













