मुख्यमन्त्री शाहले पाए विश्वासको मत, समर्थन फिर्ता लिएको नाउपाको पनि आयो १ मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पुन: विश्वासको मत प्राप्त गरेका छन् । गत असार २० गते सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले पुन: प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।

प्रदेशसभाको आज (बिहिबार) बसेको बैठकमा मुख्यमन्त्री शाहले राखेको विश्वासको मतको पक्षमा ३० मत परेको थियोे । त्यस्तै उनको विपक्षमा १५ मत परेको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसमा विश्वासको मत पाउन २७ जनाको समर्थन आवश्यक पर्नेमा मुख्यमन्त्री शाहले ३० मत प्राप्त गरेका हुन्।

उनलाई नेपाली कांग्रेसका १८ , नेकपा एमालेका ११ प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन्। भने समर्थन फिर्ता लिएको नाउपाका कैलाश चौधरीले पनि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका छन् ।


१५ साउन २०८२, बिहीवार २१:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु