वन कार्यालय धनगढीका घुस्याहा अधिकृत अख्तियारको फन्दामा, संगै ७ लाख बढी रकम पनि
धनगढी । डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयाेगकाे टाेलीले घुससहित रंगेहात पक्राउ गरेकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयाेग महेन्द्रनगरकाे कार्यालयबाट खटिएकाे टाेलीले यादवलाई नगद घुस रकमसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
यादवकाे साथबाट घुसवापत लिएकाे नगद सात लाख ३१ हजार रूपैयाँ समेत बरामद गरिएकाे छ । यादवलाई अख्तियारकाे टाेलीले धनगढीस्थित डिभिजन वन कार्यालयबाटै पक्राउ गरिएकाे जनाएको छ ।
यादव कर्मचारी सरुवा बढुवामा नेत र माथिल्लो कर्मचारी मिलाएर रकम उठाउनुका साथै सामुदायिक बनबाट छुट पुर्जी, कार्ययोजना, बिधान बनाउने बेला नविकरण लगायतमा चर्को रकम उठाउने गरेको गुनासो बढेको थियो ।
श्रोतका अनुसार यादव सित थप एकजना जोडिएका छन् । एक लाख रकम बुझेका ऊनी फरार रहेको श्रोतले बताएको छ । घटनासँग जोडिएका थप व्यक्तिहरूको संलग्नताबारे अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।
६ साउन २०८२, मंगलवार १०:१७ बजे प्रकाशित














