कैलालीको खानीडाँडामा जारी प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम सम्पन्न

धनगढी । कैलालीको खानीडाँडामा जारी प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ। सोमबारदेखि सुरु भएको तालिम आज सम्पन्न भएको हो ।
खेलकुद विधालाई पत्रकारिता मार्फत उजागर गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको दुई दिने तालिममा विभिन्न मिडियामा कार्यरत ३० जना पत्रकारको सहभागीता रहेका थियो ।
दुई दिने तालिममा फुटबल, एथलेटिक्सको बारेमा प्रशिक्षण पत्रकार सिताराम ओझाले गरेका थिए भने क्रिकेट, भलिबलका बारेमा प्रशिक्षण पत्रकार नवराज पनेरु र हरि जोशीले गरेका थिए।
प्रशिक्षार्थीका रुपमा सहभागी भएका पत्रकार महेश बडुले यो तालिमले आफुहरुलाई खेलकुद क्षेत्रको रिपोर्टिङ गर्न सहयोग गर्ने बताए। यस्तै तालिममा सहभागी रक्षा बागचनले खेल क्षेत्रमा कलम चलाउन प्रेरित गरेको बताइन् ।
खेलकुद प्रत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदिप पाठकको अध्यक्षतामा सुरु भएको समापन समारोहमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव बैकुण्ठ पराजुली,नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, बरिष्ठ पत्रकार दिपक उपाध्याय , खेलकुद पत्रकार मञ्चका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
३ असार २०८२, मंगलवार १७:५३ बजे प्रकाशित