बाजुराको बाम्का बजारमा भीषण आगलागी, १७ पसल जले

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६, बाम्का बजारमा भीषण आगलागी भएको छ । 

बाम्का बजारस्थित नवदुर्गा होटेलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको बाजुराका प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार, हालसम्म १६/१७ वटा पसल जलिसकेको छ । “बाम्का बजारस्थित नवदुर्गा होटेलमा शुक्रबार दिउँसो ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा १६/१७ पसल जलिसकेको छ । आगालागी नियन्त्रणमा ल्याउन प्रयास गरिरहेका छौँ,” प्रनाउ भण्डारीले भने । 


२३ जेठ २०८२, शुक्रवार १८:१६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु