डडेल्धुराको नवदुर्गा गाउँपालिकाका तीन शाखामा आगालागी
डडेल्धुरा। नवदुर्गा गाउँपालिका केन्द्रमा रहेका तीन वटा शाखा कार्यालयमा आगलागी भएको छ।
शनिबार दिउँसो पालिका मुकाम नजिक रहेको जंगलबाट फैलिएको आगोले स्वास्थ्य शाखा, महिला तथा बालबालिका र आन्तरिक लेखा परीक्षण शाखा क्षति गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
प्रिप्याफ संरचनाका भवन भएकाले आगो नियन्त्रणमा लिन कठिनाइ भएको र भित्र रहेका महत्वपूर्ण कागजातसमेत जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए। क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ।
१४ वैशाख २०८२, आइतवार १३:२० बजे प्रकाशित













