मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे निर्णय गर्ने
मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।बैठक आज साँझ ५ बजे बस्न लागेको हो। बैठकमा आन्दोलनरत शिक्षकका मागबारे निर्णय गर्ने तयारी छ।
शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने प्रस्ताव लैजाने गरी तयारी गरेको छ।
यद्यपि, गभर्नर नियुक्तिबारे भने निश्चित भइसकेको छैन। समितिबाट नाम सिफारिस भएर गएपछि मात्रै मन्त्रिपरिषद्ले त्यसमा निर्णय गर्नेछ।
८ वैशाख २०८२, सोमवार १३:०८ बजे प्रकाशित













