प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता

धनगढी । प्रधानमन्त्री केपि शर्मा ओली र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच भेट भएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री ओलि र मुख्यमन्त्री शाहबिच भेट भएको हो ।
भेटमा सुदुरपश्चिम प्रदेशको बिकासका सन्दर्भ कुराकानी भएको थियो । मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा बिकास सम्मेलन तयारीका बारेमा प्रधानमन्त्री ओलिलाइ सोही अवसरमा जानकरी गराएका हुन् । उनले आर्थिक बर्ष २०८२र८३ को बजेटमा सुदुरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखिदिन प्रधानमन्त्रीलाई अनुरोध गरे । भेटमा सुदुरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको पनि उपस्थित रहेको थिए ।


८ वैशाख २०८२, सोमवार १२:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु