punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तत्काल शिक्षक दरबन्दी मिलान नगर्न उच्च अदालत दिपायलको आदेश

Chaupati
safha napa

धनगढी। नगर कार्यपालिकाको निर्णयअनुसार शिक्षक दरबन्दी मिलान तथा स्थानान्तरण नगर्न उच्च अदालत दीपायलले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। कैलालीको लम्कीचुहा नगरपालिकाले २०८१ चैत १७ गते नगर कार्यपालिकाको निर्णयबाट शिक्षक दरबन्दी मिलान तथा स्थानान्तरण गरेको थियो।

उक्त निर्णयविरुद्ध सिद्धराज जोशीसहितका शिक्षकले उच्च अदालत दीपायलमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै मुख्य न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले उक्त निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो।

यस्तै उच्चले वैशाख १२ गतेको पेसी तोक्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ। सो दिन शिक्षक दरबन्दी मिलान र स्थानान्तरण गर्ने नगरकार्यपालिकाको निर्णयको सक्कल कागजातसहितका प्रमाण कागजात लिई उपस्थित हुन समेत अदालतले नगरपालिकाको नाममा आदेश जारी गरेको छ।

 


५ वैशाख २०८२, शुक्रवार १२:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु