punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी विमानस्थलको २५८ बिघा जग्गा अधिग्रहणको काम अलपत्र

Chaupati
safha napa

धनगढी। धनगढी विमानस्थलको जग्गा अधिग्रहणको काम अलपत्र परेको छ। विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहण गर्ने योजना रहेकोमा अलपत्र परेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७८ सालमा विमानस्थल विस्तार गर्न अगाडि सारेको योजना तीन वर्षदेखि अलपत्र परेको छ। तीन वर्षअघि धनगढी विमानस्थल विस्तारको विषय चर्चामा थियो। तर, अहिले भने सेलाएको छ । २०७८ पुस ११ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा एउटा बैठक बसेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणको सोही बैठकले धनगढी विमानस्थलको विस्तार गर्न भन्दै एक अर्ब रुपियाँको बजेट विनियोजन गर्ने निर्णय गरेको थियो। धनगढीलाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न २५८ बिघा जमिन अधिग्रहण गरेर एक हजार आठ सय मिटरको धावनमार्गलाई बढाएर दुई हजार पाँच सय मिटरको बनाउने भनिएको थियो।

स्रोत सुनिश्चित नै नगरी त्यो बेला बजेट विनियोजन गरिएको थियो। एक अर्ब बजेटको हवाला दिएर तत्कालीन मन्त्री आलेले चर्चा कमाउन मात्रै खोजेकाले विमानस्थल विस्तारको योजना अलपत्र परेको हो । धनगढी विमानस्थल विस्तारको कुनै काम अगाडि नबढेको विमानस्थल प्रमुख गणेशबहादुर सिंहले बताए।

दुई वर्षयता सरकारले धनगढी विमानस्थल विस्तार गर्न बजेट विनियोजन गरेको छैन। धनगढी विमानस्थल निर्माण तथा विमानस्थल विस्तारका लागि अध्ययन अनुसन्धान गर्ने नाममा तीन वर्षअगाडि भ्रमण गर्नेबाहेक अन्य उपलब्धि भएको छैन । आर्थिक वर्ष २०७७÷७८ मा नागरिक उड्डयन प्राधिकरणले बनाएको गुरुयोजना मन्त्रीपरिषद्ले पास गरे पनि बजेट भने विनियोजन गरिएको थिएन। तत्कालीन पर्यटनमन्त्री आले अध्यक्ष रहेको उड्डयन प्राधिकरण बोर्डले २०७७ पुस ११ गते गुरुयोजना स्वीकृत गर्नेबाहेक अन्य थप काम अगाडि बढेको छैन। तीन वर्षअघि नै विमानस्थल विस्तारका लागि स्थानीयको जग्गा अधिग्रहण गर्न १५ देखि १६ अर्ब लाग्ने अनुमान गरिएको थियो। यसअघि एक अर्ब छुट्याएको भनिएको बजेटको पनि स्रोत सुनिश्चित नभएपछि जग्गा अधिग्रहणको काम अघि बढ्न नसकेको हो।

अहिले भने विमानस्थल विस्तारको चर्चासमेत सेलाएको छ। विमानस्थल विस्तारको काम गर्न जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ। तर, हाललाई सबै काम स्थगन गरिएको विमानस्थल कार्यालयले बताएको छ। २०७८ को अन्तिमतिर रियल पाथ इन्जिनियरिङ नामक कन्सल्टेन्सीले विमानस्थल विस्तारका लागि जग्गा नापजाँचको काम गरेको थियो। ४५ मिटर चौडाइको दुई हजार पाँच सय ५० मिटर लामो धावनमार्ग, अत्याधुनिक टर्मिनल भवन, पार्किङ एप्रोन, ह्याङ्गर, हेलिप्याड, कार्गो भवन, फ्युल स्टेसन, फायर फाइटिङ स्टेसन र उद्धार, चक्रपथसहितका पूर्वाधार निर्माणको विषय गुरुयोजनामा छ ।

विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन थप २५८ दशमलव २५ बिघा जमिन आवश्यक पर्छ। तर, अहिले आएर विमानस्थल विस्तारको योजना मात्रै होइन, चर्चासमेत हुन छाडेको छ।


३ वैशाख २०८२, बुधवार १८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु