घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं। नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । बुधवार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७९ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७९ हजार ७००
रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । मंगलबार २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार २ हजार २० रुपैयाँ कायम भएको हो ।


२० चैत २०८१, बुधवार ११:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु